एजेन्सी । चर्चित फुबलर लियोनल मेस्सीले एक फ्यानको सपना साकार पारेका छन् । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको खेलका लागि उरुग्वे आएका बालकालाई मेसीले समय दिएर भेटे ।

बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर मेसीलाई भेट्न आएका बालकलाई सुरक्षाकर्मीले रोके पनि किशोरलाई मेस्सीलाई भेट्न नदिइ पर लगे पनि मेस्सीले उनलाई बोलाएर भेटे ।

ति बालकले मेस्सीसँग तस्विर खिच्न खोजेको संकेत पाएपछि मेस्सीले त्यो अवसर दिए । अर्जेन्टिनाले विश्वकप फुटबलको छनौट अन्तर्गत शुक्रबार बिहान उरुग्वेसँग खेल्न हिँडेका बेला ति फ्यानले मेस्सीलाई पछाएका हुन् ।

तपाईको प्रतिक्रिया