चण्डीगढ- बलात्कारी बाबा राम रहीमले छोरी भनेर राखेका युवतीहरुको मेडिकल जाँच हुने भएको छ । खबर अनुसार प्रशासनले बाबाले छोरी भनिएका ति युवतिसँग यौन सम्बन्ध राखेको आशंकामा यस्तो गर्न लागेको बताइएको छ ।

बाबाको साम्राज्य तहसनहस भएपछि ती युवतीहरुलाई अन्यत्रै पुनस्र्थापित गराउने सरकारको प्रयासविपरित ती युवतीहरुले डेरा छाडेर जान अस्वीकार गरेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

ति युवतिहरको उमेर १८ वर्षभन्दा बढी भएकोले कानुनी रुपमा उनीहरुको इच्छाविपरित हटाउन समस्या भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया