नेपाल अाईडल बाट बाहिरिए पछी सुरज थापाको चर्चा झनै चुलिएको छ। देश तथा बिदेश बाट बिभिन्न कार्यक्रमका लागि उनलाई प्रस्ताब अाईरहेका छन तर खास्सै सहभागि भएका छैनन। तर केही दिन अघी उनी एक कार्यक्रममा देखिए। निकै कमलो मन भएका उनी सामाजिक कार्यमा पनि त्यत्तिकै सकृय छन। उनी भन्छन मेरो स्वर बाट कसैको जीवनमा ईनर्जी भर्न सके भने म मेरो जीवन सफल भएको सम्झन्छु। प्रसङ्ग केही दिन अगाडि जोरपाटीमा शारिरिक रुपमा असक्तहरुको सहयोगार्थ स्थापित संस्था बि.अाई.ए (बोधिसत्ताव्स इन एक्सन) ले आयोजना गरेको तेश्रो वार्षिक उत्सब तथा अवार्ड कार्यक्रमको हो। सो कार्यक्रममा पुगेका थापाले आफ्नो प्रस्तुतीहरु मार्फत शारिरिक रुपमा असक्तहरुलाई मनोरन्जन प्रदान गरेका थीए। शारिरिक रुपमा असक्तहरु ले समेत उक्त कार्यक्रममा आ-आफ्नो प्रस्तुती राखेका थीए। सुरज सँग जीवन के रहेछ भन्ने हाम्रो जिज्ञासामा सुरज ले भने जीवन अज्जै बुझेको छैन, तर मेरो जन्म गाउँन कै लागि भएको हो हजारौ लाखौं बाधा ब्यबधान आए पनि गाईनै रहन्छु र कसैको ओठमा मुस्कान छर्न सकु त्यो नै मेरो जीवन सार्थक भएको सम्झनेछु। सबै भन्दा ठुलो मानव धर्म भन्नु नै कसैको सेवा गर्न पाउनु वा कसैको जीवनमा खुशी छर्न सक्नु नै हो र यो नै सबै भन्दा ठुलो पुरस्कार हो, उनी भन्छन। नेपाल अाईडल मेरो लागि ठुलो एउटा सपना थीयो नेपाल मै बसेर म संसार घुमे तर कहिले काही डर लाग्छ कतै यो सपना बाट बिउँझीएर पुरानै जिन्दगी पुरानै जीवन यापन मा पो पुग्ने हो कि भनेर, उनले मलिन हुँदै भने। मलिन सुरजको मलिनता लाई अली दुर बनाउन हामीले प्रश्न सोध्यौ बिहे कहिले गर्ने उनको जवाफ के थीयो?

तपाईको प्रतिक्रिया