एजेन्सी । भारतीय चर्चित नायिका अनुष्का शर्मा चलचित्र छायांकनका क्रममा दुर्घटनामा परी घाइते भएकी छिन् । कोलकातामा फिल्म ‘परी’को सुटिङ हुँदै गर्दा सुटिङस्थलमा दुर्घटना भएको र दुर्घटनामा परी एक प्राविधिकको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुटिङस्थलमा करेन्ट लागेर शाह आलम नामका प्राविधिकको मृत्यु भएको बताइएको छ । मृतक शाह आलम उत्तर प्रदेशका भएको बताइएको छ ।

सुटिङस्थलमा लाइटिङको लागि बिच्छ्याइएको स्थानमा अचानक पर्दा उनको ज्यान गएको हो । शाहलाई बेहोस अवस्थामा अस्पताल पु¥याइए पनि तत्कालै अस्पतालले मृत घोषित गरेको थियो ।

तपाईको प्रतिक्रिया