जापानी भूमिमा मिसाइल प्रहार गर्नु कुनै पनि हालतमा उत्तर कोरियाको सबैभन्दा भड्काववाद कदम हो । पछिल्ला दुई दशकमा यस्तो तेस्रोपटक भएको छ, जब उत्तर कोरियाले जापानमाथि कुनै मिसाइल परीक्षण गरेको छ ।

यो विषय ध्यान दिनुयोग्य छ कि उत्तर कोरियाले अमेरिकी प्रशान्त क्षेत्र गुआमतर्फ मिसाइल प्रहार गरेर राम्रो गरेको छैन । किनकि, अब यस्तो केही हुन सक्छ, जसले अमेरिकी सेनाको प्रतिक्रिया बढाउन सक्छ । यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनको दाबीले यसको पनि संकेत गर्छ । कैयौँपटक वासिङटनको चेतावनीपछि उत्तर कोरियाली सत्ताले आफ्नो आणविक कार्यक्रम रोकेको थियो ।

आणविक हतियारको जवाफ
तर, यसपटक फेरि उत्तर कोरियालाई लिएर सोही प्रश्न सामना गरिँदै छ कि उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल र आणविक हतियारलाई लिएर उसको तीव्र जवाफ के हुनेछ ? साथै, यो पनि प्रश्न कायमै रहनेछ कि यदि प्योङयाङले यी कार्यक्रमलाई रोक्न र ऊ आफ्नो निसानामा अमेरिकालाई सामेल गर्न सफल भयो भने के अमेरिका र सिंगो विश्व आणविक हतियारबाट सम्पन्न उत्तर कोरियालाई झेल्न सक्छ त ?

ब्रिटेन, फ्रान्स, अमेरिका, चीन र रुस यस्ता पाँच देश हुन्, जो घोषित रूपमै आणविक हतियारबाट सम्पन्न छन् । यीमध्ये अधिकतर आणविक हतियार द्वितीय विश्वयुद्धको परिणामपछि बनाइएका थिए, किनकि यीमध्ये अधिकतर देशले जापानका दुई सहरमा अमेरिकाको आणविक आक्रमणलाई देखेका थिए । यस आणविक क्लबमा सबैभन्दा पछाडि चीन जोडिएको थियो । उसले सन् १९६० को मध्यतिर यस्ता हतियार विकसित गरेको थियो ।

आणविक अप्रसार सन्धि
यसपछि आणविक हतियारको प्रसारलाई रोक्न सुरु गरिएको प्रयास पनि उल्लेखनीय रूपमा सफल रह्यो । १९७० मा अस्तित्वमा आएको आणविक अप्रसार सन्धिले पनि यसमा पर्याप्त योगदान दिएको छ । यस सन्धिको माध्यमबाट आणविक हतियार सम्पन्न मुलुक र जसको साथमा यस्ता हतियार छैनन्, उनीहरूले आणविक अप्रसारलाई लिएर सहमति जनाएका छन् । सहमतिअनुसार आणविक हतियारसम्पन्न राष्ट्रहरूले आफ्ना हतियारमा कमी ल्याउनुपर्ने थियो र गैरआणविक हतियार सम्पन्न राष्ट्रले आणविक हतियार नपाउने सर्तमा मात्र यो प्रविधि हासिल गर्नु थियो ।

यी सबका बाबजुद इराक, इरान र लिबिया जस्ता देशले पनि आणविक हतियार विकसित गरेका छन् । यस सन्धिमा हस्ताक्षर नगरेका इजरायल, भारत र पाकिस्तानले पनि आणविक हतियार विकसित गरेका छन् । तर, यी देशद्वारा बनाइएका आणविक हतियार विवादास्पद छन् र यी कार्यक्रमलाई आफ्नो क्षेत्रीय अस्तित्वका लागि विकसित गरिएको रूपमा हेरिँदै छ ।

यदि प्योङयाङले आणविक कार्यक्रमलाई रोकेन र ऊ आफ्नो निसानामा अमेरिकालाई सामेल गर्न सफल भयो भने के अमेरिका र सिंगो विश्वले आणविक हतियारबाट सम्पन्न उत्तर कोरियालाई झेल्न सक्छ त?

उत्तर कोरिया पनि भारत–पाक श्रेणीमा
यस्तो अवस्थामा के उत्तर कोरिया पनि इजरायल, भारत र पाकिस्तानको श्रेणीमा पर्छ ? व्यावहारिक रूपमा हेर्ने हो भने उत्तर कोरिया आणविक हतियार सम्पन्न राष्ट्र हो । यद्यपि, अमेरिकी सहरलाई निसाना बनाउन सक्ने उसको क्षमतामाथि अझै सन्देह छ ।

उत्तर कोरियालाई लिएर यो स्पष्ट छ कि ऊ एउटा लोकतान्त्रिक होइन । र, ऊ अमेरिकाको एक सहयोगी राष्ट्रका रूपमा पनि देखिन्न । ऊ अन्तर्राष्ट्रिय व्यवस्थाबाट अचम्मलाग्दो तरिकाबाट अलग भइसकेको छ । र, मौलिक रूपमा उसको शासन कमजोर र असफल देखिन्छ । उसको आणविक हतियार विकसित गर्ने उद्देश्यमा क्षेत्रीय प्रतिद्वन्द्विता देखिन्न । जब कि यही हतियारको माध्यमबाट ऊ अमेरिकालाई निसाना बनाउने प्रयास गरिरहेको छ ।

के अमेरिका र उत्तर कोरिया एकसाथ रहलान् ?
यस्तो तनावबीच अमेरिका र उत्तर कोरिया आणविक ‘शत्रु’ का रूपमा एकसाथ रहन सक्लान् त ? के प्योङयाङको तुलनामा अमेरिकाको आणविक हतियारको आक्रमण बढी घातक होला ? यस प्रश्नको जवाफ दिँदै अनुभवी अमेरिकी रणनीतिक विश्लेषक टोनी कार्डस्म्यान भन्छन्— मिसाइल परीक्षण गर्नु र त्यसपछि मिसाइललाई परिचालन गर्नु एउटा लामो प्रक्रिया हो ।

के प्योङयाङ अमेरिकाविरुद्ध आफ्नो शक्ति उपयोग गर्ला ? यस प्रश्नको जवाफमा टोनी भन्छन्— एक अप्रमाणित मिसाइललाई अप्रमाणित स्थानमाथि विनाकुनै सटिकता तथा विश्वसनीयता प्रहार गर्नु केवल मूर्खता साबित हुन्छ । टोनीका अनुसार उत्तर कोरिया आफ्नो लक्ष्यको निकट पक्कै छ । तर, यसलाई पूरा गर्न एक सही नीति आवश्यक छ ।

चीनको समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई उत्तर कोरियाप्रतिका आफ्ना उद्देश्यलाई लिएर पछि हट्न आग्रह गरेका छन् । यसको मिश्रित परिणाम रहेको छ । किनकि, संयुक्त राष्ट्र संघद्वारा उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धलाई चीनले समर्थन पनि गर्छ । जब कि उसको उत्तर कोरियासितको सम्बन्ध पनि ठिकठाक छ ।

सबैभन्दा अहम् विषय यो हो कि चीन उत्तर कोरियाली शासन सत्ताको अन्त्य होस् र करोडौँ शरणार्थी उसको सीमा पार गरेर आफ्नो देशमा आऊन् भन्ने चाहँदैन । उत्तर कोरियाली शासनलाई लिएर कैयौँ विश्लेषकहरूको तर्क छ कि ऊ यति मूर्ख छैन, जति देखिन्छ । ऊ जे चाहन्छ, त्यसको पछाडि तर्क हुन्छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया