काठमाडौँ । गायक प्रमोद खरेलले तै मोरीको माया छ बोलको नयाँ गीत आफ्ना दर्शक श्रोताका माझ पस्किएका छन् । अविनाश थापाका शब्द शृजनामा आशिष अविरलले संगीत भरेको गीतमा गायक खरेलले वैशाँलु उमेरमा प्रेमील जोडीले जानेर नजानेर गर्ने चोखो मायालाई नजिकबाट देखाएका छन् ।

भिडियोमा दुधवालाका माध्यमबाट गहन शैलीमा कथा बस्तुलाई देखाइएको छ । युवराज वाईवाले निर्देशन गरेको भिडियोमा सुधिर खनाल र पुजा खड्काले जिवन्त अभिनय गरेका छन् ।

उत्सब दाहालको छायांकन रहेको गीतलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिया आइरहेको गायक खरेलले बताए ।

तपाईको प्रतिक्रिया