बाजुरा-बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्नेक्रममा सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। नेपालगन्जबाट बाजुराका लागि उडेको विमानलाई पाइलटले सफल अवतरण गरेपछि ठूलो दुर्घटनाबाट जोगिन सफल भएको बताइएको छ ।

अगाडिको दुई वटै टाएर ‘पञ्चर’ भए पनि पाइलटले सफल अवतरण गरेपछि यात्रु र चालक दलका सबै सदस्यले प्र्नजीबन पाएका हुन् । नेपालगन्जबाट इन्जिनियरसहित टायर पुर्‍याएपछि दिउँसो १२ बजे फर्किनुपर्ने विमान अपरान्ह ४ बजे मात्रै नेपालगन्ज फर्किएको थियो।

तपाईको प्रतिक्रिया