जनकपुरधाम । श्रीमान् र श्रीमतीबिच घरायसी विषयमा झगडा हुँदा स्थिती तनावपूर्ण बनेसँगै श्रीमतीले श्रीमान्को घात्टी ब्लेडले काटिदिएकी छिन्।

सर्लाही जिल्लाको लालबन्दी २ घर भई जनकपुर उपमहानगरपालिका १३ कपिलेश्वरमा डेरा लिई बस्दै आएका ४० वर्षीय दिनेश श्रेष्ठलाई उनकी श्रीमती सुशिलाले घाँटीमा ब्लेडले काटिदिएपछि दिनेशको अहिले
उपचार थालीएको छ ।

उनको घाँटीमा गम्भिर चोट भए पनि उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । मासु पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका श्रीमान(श्रीमतीबीच प्रायः सधैं जसो झगडा हुने गरेको भएपनि बुधबार श्रीमतीले आँफुले उनको यातना सहन नसकेर हमला गरेको छिमेकीहरुले बताउका छन् । तस्विर : अन्नपूर्ण

तपाईको प्रतिक्रिया