काठमाडौँ । महानायक राजेश हमालले नेपाली मौलिकता झल्कने चलचित्र निर्देशन गर्ने बताएका छन् । पछिल्लो समय चलचित्रमा कमै मात्र अभिनय गर्दै आएका हमालले हालै चलचित्र निर्देशनमा गर्ने उद्घोष गरेका हुन् ।

आफूले निर्देशन गरेको चलचित्र दर्शकले चाँडै हेर्न पाउने दाबी गर्दै हमालले भनेका छन् अबको डेढ वर्षभित्रै दर्शकले उनले निर्देशन गरेको चलचित्र हेर्न पाउनेछन् ।

अहिले चलचित्रको कथाको अध्ययनमा रहेका हमालका अनुसार आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने चलचित्र निर्माण गर्ने राजेशको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया