बुटवल- भिडियो छायांकनको लागि अहिले नया नया स्थान खोज्दै हिड्नु सामान्य बनेको छ, एउतै स्थानलाई पटक पटक भिडियोमा देखाउनुले पनि दर्शकलाई हेर्दा वाक्क लागि सकेकोले पनि आफुले नया स्थान र पुरानै स्थानलाई पनि नया ढंगबाट दृश्यमा उतार्नको बेग्लै मज्जा आऊने निर्देशक बिष्णु भट्टराई बताउछन साथै भर्खरै मात्रै स्वविमन क्रियाशानको बजार ब्यबस्थापनमा अनिल पहाडीको लोक आधुनिक गीत “साथि तारा जुनको ” सार्बजनिक भएको छ l

उक्त गीतमा बुटवलको मनमोहक स्थान फुल बारी र बुटवलको अत्यन्तै ब्यस्थ सडक राजमार्ग चौरहाको दृश्यलाई क्यामरामा कैद गरिएको देख्न सकिन्छ l राजु महोत्रा र गीतान्जली सुबेदीले अभिनय गरेको गीतमा संचारकर्मी अनिल पहाडी र शान्ती श्री परियारको आवाज रहेको छ भने गायक तथा संगीतकार किरण बाबु पुनले शब्द संगीत दिएका छन् भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन , सम्पादन तथा छायांकन गरेका छन् l बिक्रम राना मगरले नृत्य निर्देशन गरेकाछन भने सगुन शर्मा को श्रीन्गार भिडियोमा देख्न सकिन्छ हेरौ सार्बजनिक भिडियो

तपाईको प्रतिक्रिया