एजेन्सी- भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

भारतिय मिडियाका अनुसार भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न हुनुका साथै डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेको बताइएको छ ।

मुम्बईको एक अस्पताल पुरै डुबानमा परेपछि बिरामीलाई अन्यत्रै सारिएको बताइएको छ । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ । डुबानकै कारण विद्यालय र कलेज पनि बन्द गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया