काठमाडौँ । माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुनेछ । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानी भिडन्त हुन लागेको हो । तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ ।

निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुँदै छ । कतिपयले शर्मा र तामाङको प्रतिस्पर्धालाई गृहमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुन अनन्तबीचको प्रतिस्पर्धाको रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया