काठमाडौँ । कैलालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भउका छन् ।

धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको ना ४ ख ५६३५ नम्बरको बस भीमदत्त राजमार्गको कैलाली सहदपुर गाउँपालिकामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २० जना घाइते भएका मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् । घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया