कोसस् बजार (बङ्गलादेश), १३ भदौ । म्यानमारमा पुनःसुरु भएको हिंसाको कारण बङ्गलादेशको सीमा क्षेत्रमा करिब छ हजार रोहिङ्गया नागरिकहरु अडिएका छन् ।

एक बङ्गलादेशी वरिष्ठ अधिकारीले संयुक्त राष्ट्रसंघलाई सीमा क्षेत्रमा अडिएका ती व्यक्तिको सहयोगलाई आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगका अनुसार गत तीन दिन यता करिब तीन हजारलाई सीमा क्षेत्र पार गई बङ्गलादेश भित्रिएको छ ।

तर नजिकैको गाउँका जारी विवादयुक्त झडपको कारण भारी सङ्ख्यामा नागरिक सीमा क्षेत्रमा अडिएका छन् ।

जारी हिंसाको कारण करिब छ हजार म्यानमारका नागरिक बङ्गलादेशभित्र जानको लागि सीमा क्षेत्रमा अडिएका बङ्गलादेशी अधिकारीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया