एजेन्सी- फेसबुकका संस्थापक मार्क जुकरवर्ग दोस्रो पटक बाबु बनेका छन्। जुकरवर्ग र उनकी श्रीमती प्रिसिला च्यानले फेसबुक पोस्ट मार्फत् बाबु बनेको जानकारी दिएको बताइएको छ । बताइए अनुसार उनीहरुले छोरीको नाम अगस्ट’ राखेका छन् ।

जुकरवर्गले छोरी अगस्टका लागि एक पत्रसहित फेसबुकमा आफ्नी जेठी छोरी म्याक्सिमसँगै सानी छोरीको फोटो सेयर गर्दै लेखेका छन् प्रिसिला र म हाम्री सानी छोरी अगस्टलाई स्वागत गर्न पाउँदा धेरै खुसी छौं। हामीले ऊ हुर्कने संसारबारे एक पत्र लेखेका छौं।

हामी यो पनि आशा गर्छौं कि ऊ यति चाँडै भने ठूली हुन्न।’उनीहरुकी पहिली छोरी  म्याक्स सन् २०१५ डिसेम्बरमा जन्मिएकी थिइन् ।म्याक्सका लागि पत्र लेखेका मार्क दम्पतीले छोरी अगस्टका निम्तिपनि पत्र लेखेका छन्

तपाईको प्रतिक्रिया