काठमाडौँ । गायिका सविना अधिकारीले स्वर भरेको गीत हातैमा चुराको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समयका चर्चित संगीतकार तुला पर्वतको संगीतमा गायिका सविना सलल बगेको गीतले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा पाएको छ । गायिका अधिकारीलाई संगीतकार तुला पर्वतले गायनमा डेब्यू गराएका हुन् । संगीतकार तुलाले प्रायजसो नयाँ कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका छन् । गायिका अधिकारी पेशाले नर्स हुन् । उनी अमेरिकामा बस्दै आएकी छिन् ।

गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीत मोडल तथा गायिका श्रृषा कुवरको दमदार अभिनय रहेको छ । जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन् । वैशाँलु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने,सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको कुरालाई भिडियोमा देखाइएको छ ।

भिडियोको निर्देशन निर्देशक युवराज वाईवाले गरेका गरेका हुन् भने निशान घिमिरेले सम्पादन । उत्सब दाहालले छायांकन गरेको भिडियोमा राम अधिकारीको लगानी रहेको छ । ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया