काठमाडौं, १३ भदौ । यति एयरलाइन्सका सञ्चालक आङ छिरिङ शेर्पाका छोरा सोनाम छिरिङ शेर्पासँग अभिनेत्री आना शर्मा प्रेम सम्बन्धमा रहेको खुलासा भएको छ ।ग्याङस्टर ब्लुज फिल्मकी अभिनेत्री आनाले आफ्नो प्रेम सामाजिक सञ्जालमा चुम्माचाटी गरेकै तस्बिर  सार्वजनिक गरेपछि बाहिर आएको हो  ।

दरबारमार्गबाट सुरू भएको उनीहरुको प्रेम अहिले सामाजिक सञ्जालमा पोखिएको छ ।अक्सर उनीहरूको डेट दरबारमार्गका रेष्टुरेन्ट र डिस्कोमा हुने गरेको बताइन्छ ।आनाले अभिनय गरेको पहिलो फिल्म जेरी रिलिज अगाडि नै उनीहरू सम्बन्धमा भएको बताइन्छ । आनाले इन्टाग्राममा आफ्नो प्रेमको खुलासा गरेकी हुन् । आना र सोनाम अचेल निक्कै ठाउँमा सँगै देखिने गरेका छन् ।

तपाईको प्रतिक्रिया