एजेन्सी । यो वर्ष बलिउडमा ठूलो उतारचढाव आयो । बाहुबलीले एकलौटी मार्केट खाँदै बलिउडका धेरैजसो इतिहाँस ब्रेक गरेका बेला सुपरस्टार भनिएका शाहरुख, सलमान, लगायतका हिरोहरुले हावा खाए ।

कैयौँ चलचित्र यो वर्ष बलिउडमा प्रर्दशनमा आए पनि अहिलेसम्म जम्मा सात बलिउड चलचित्र मात्रै हिट बन्न सफल भए । यो वर्ष बलिउड बक्स अफिस निकै औसत रह्यो ।

ठूला सुपरस्टार्स आए, कयौँ ठूला बजेटका चलचित्र आएपनि अक्षय कुमारलाई भने यो वर्ष फाप्यो । अझ भनौँ अक्षयले स्टारका रुपमा एकलौटी जादु छर्न सफल भए ।

सन् २०१७ को सबैभन्दा धेरै नाफा कमाउने चलचित्र ‘बाहुबली–२’ र ‘टोइलेटः एक प्रेम कथा’ बने ।

तपाईको प्रतिक्रिया