काठमाडौं । आज सुनको भाउ एक हजार  रुपैंयाले उकालो लागेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ एक हजार रुपैयाँले बढेर प्रतितोला ५६ हजार ५ सय पुगेको हो । दसैँ लागेपछि सुनको मूल्यमा पनि बृद्धी हुन थालेको छ ।

सोमबार प्रतितोला ५५ जार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको भाउ पनि मंगलबार १५ रुपैंया बढेर प्रतितोला ७ सय ७० रुपैंयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया