एजेन्सी । बलात्कारी बाबा गुरमित राम रहीमलाई सजाय तोकिएपछि भड्कीएको दंगाका कारण नायिका आलिया भट्ट र अभिनेता विक्की कौशलको टिमलाई समस्या परेको छ ।

आलियासहितको टोली फिल्म राजीको सुटिङका लागि पटियाला गएका बेला दंगा भड्कीएसँगै उनीहरुको समय तालिका पनि बिग्रिएको र चलचित्रको छायांकन कार्यक्रम समेत प्रभावित भएको चलचित्रका निर्देशक मेघना गुलजारले बताए ।

जसका कारण सुटिङ रोकीउको छ । २५ अगष्टदेखि सुटिङ गरिरहेका उनीहरुको १० सेप्टेम्बरसम्म सुटिङको कार्यक्रम थियो । अहिले फिल्मको पूरै टिम चण्डीगढ आएको भारतीय मिडियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया