काठामण्डौ- नेपालि सांगीतिक फाटका एक कुशल संगीतकार हरि लम्सालको संगीतमा रहेको नयाँ गीत “जिन्दगीको दुई पल” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा चन्चले चुलबुले गीतबाट गीतकारको रुपमा राम्रो चर्चा कमाएका गीतकार रोहन पौडेल (जनक) को शब्द रहेको छ । कुशल गायक सन्तोष लामा अनि गायिका मेलिना राइको सुमधुर आवाज रहेको यस गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

यस्तै “जिन्दगीको दुई पल” गीतको म्युजिक भिडियो पनि तयार भएको छ । भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारीले छायकन गरेका छन् । रिमा बिश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको यस भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ । सबिन पौडेलको प्रस्तुतीकरण रहेको यो भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया