एजेन्सी । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि बार्सिलोनाले उनको ठाउँमा अर्का महंगो खेलाडी उसमान डेम्बेलेलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले सोमबार पाँच वर्षको सम्झौता गरेको हो ।

नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन निकै प्रयास गरेपनि पटक पटक प्रयास असफल भएसँगै बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गरेको हो ।

तपाईको प्रतिक्रिया