काठमाडौँ- एकजना चिनियाँ व्यक्तिले स्वयंम्बरको औंठी भेटिएको उपलक्ष्यमा ५ हजार प्लेट चाउमिनको भोज दिएका छन् । स्वयम्बरको औंठी कति मूल्यवान हुन्छ भन्ने कुरा यी व्यक्तिले पुष्टि गरिदिएका छन् ।

दक्षिण–पश्चिम चीनको चोङक्विङका वाङ थर भएका यी व्यक्तिले इन्गेजमेन्टमा हराएको औंठी भेटिएको खुसियालीमा पाँच हजार प्लेट चाउमिनको भोज दिएका थिए । अगस्ट १३ को दिन उनीहरूको इन्गेजमेन्ट हुनेवाला थियो । उनले आफ्नो प्रेमिकालाई सरप्राइज दिन चाहन्थे र उनले ४५ हजार डलरको हिराको औंठी किनेका थिए ।

होटलमा लन्च खाइरहेको समयमा प्रेमिकाको फोन आएपछि ती युवक बाहिर गएका थिए र पछि फर्केर आउँदा त्यहाँ औंठी थिएन । अन्तत: हराएको औंठीको ब्याग एकजना ग्राहकले होटलको म्यानेजरलाई बुझाएकाले वाङले औंठी भेटेका थिए । यही उपलक्ष्यमा उक्त होटलमा वाङले ५ हजार प्लेट चाउमिन सबैलाई सित्तैमा खुवाउने व्यवस्था मिलाएका थिए । -साँघु

तपाईको प्रतिक्रिया