काठमाडौं । झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ ।

नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहल पहल हुन्थ्यो । दशैं –तिहार जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । २०७२ वैशाख १२ को भूकम्पपछि मुलुकका धेरै स्थानमा थोरै भए पनि फेरि चहलपहल सुरु भएको छ । पीडितले पक्की घर बनाउन नसके पनि जन्मथलो छाडेका छैनन् ।

तर, दुर्भाग्य तातोपानी नाकामा बस्नेहरु भने सधैंका लागि व्यापार व्यवसाय र घरबास छाडेर हिँडेका छन् । भूकम्पको चपेटामा परेको तातोपानी नाकाका बासिन्ताका लागि गत वर्ष आएको बाढीपहिरोले बस्नै नसक्ने गराएको हो । खोंचमा रहेको तातोपानी नाकामा भूकम्पका कारण माथिबाट अनगिन्ति पहिरो आएका छन् । गत वर्ष भोटेकोसी नदीमा आएको बाढीले तलबाट बस्तीलाई जोखिममा पारेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया