काठमाडौँ । महोत्तरीको बर्दिबास नजिकैको बजारमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको बर्दिबासमा रहेको व्यस्त बजारमा अवस्थित पञ्चधुरा गेष्ट हाउस अगाडी करिब ७० वर्षका वृद्ध ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ब्यस्त बजारमा बृद्धको शव देखेपछि स्थानीय शंका लागेर प्रहरीलाई बोलाए लगत्तै आएको प्रहरीको टोलीले घटनाका विषयमा अनुसन्धान थालेको छ ।

प्रहरीले अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । बृद्धको मृत्युको कारण र उनको परिचय समेत खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया