एजेन्सी। विश्वकै क्रुर शासक उत्तर कोरियाका किम जोङ उनले आफ्नै पुसाजुले आँफुलाई मार्ने सड्यन्त्र रचेको सुइको पाएपछि पुसाजुको विभत्सु हत्या गरिदिएको रहस्य खुलेको छ । तत्कालिन सेनापति समेत रहेका जेंग सोंग थाएकलाई २०१३ मा उक्त हत्याको योजनाको सुईको पाए लगत्तै भोका कुकुरको अगाडि फलेर मारिदिएको समाचार संस्था ‘निकेइ एशियन रिभ्यु’ले खुलासा गरेको छ।

तत्कालिन सेनापति थाएकले अहिलेका शासक किमको ठाउँमा उनका सौतेनी भाइ किम जोंग नामलाई शासक बनाउने षड्यन्त्र गरेका थिए । थाएकले यसबारेमा तत्कालीन चीनका राष्ट्रपति हु जिन्ताओसँग छलफलसमेत गरेपनि चिनका एक नेताले यो सुचना किमसम्म पुर्याए लगत्तै किमले आफ्ना पुसाजुलाई तत्कालै कारवाही गर्न सफल भए ।

२०११ मा उत्तर कोरियाका शासक किम जोंग इलको निधन भएपछि उनका छोरा किज जोंग उनले सत्ता सम्हालेका थिए । तर यतिबेला उनसँग सैनिक शक्ति थिएन । यसको फाइदा उनका फुपाजु थाएकलेले उठाउन चाहेका कारण उनले षड्यन्त्र रच्दा रच्दै कुकुरका लागी आहारा बन्न पुगे ।

तपाईको प्रतिक्रिया