भाद्र ११, काठमाडौंको दरबार्मार्ग स्थित राईजिङ मलको सिने हलमा दीपक राज गिरीद्वारा निर्मित चलचित्र “छक्का पन्जा २” को “म त यता किनारमा”(झ्याम्म झ्याम्म) नामक गितिभिडियो सार्वजनिक गरिएको छ । दीपक र प्रियंका फिचर गरिएको उक्त भिडियोमा दीपक र प्रियंकाका अलावा बुद्धी तमाङ र विल्सन बिक्रम राइलाई पनि देख्न सकिन्छ । हरिबम्श आचार्य र आस्था राउतको स्वरमा सजिएको उक्त गीतमा अल्मोडा राणा उप्रेतीको अर्‍ेन्ज रहेको छ । पुरुशोतम प्रधानको छायांकन रहेको यस चलचित्रमा दीपक राज गिरी, प्रियँका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तमाङ, स्वरूप पुरुष ढकाल, स्वस्तिमा खड्का, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र अशोज ११ गते अल नेपाल रिलिज हुने छ।

तपाईको प्रतिक्रिया