काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आइडलका टप फाइभ मध्येका एक प्रतिस्पर्धी सागर आलेले आँफु कुनै पनि पार्टी वा दल विशेषको प्रतिनिधी नभएको प्रतिक्रिया दिएका छन् ।

मिडियामा सागरको पुरानो फोटोको विषयमा छापिएको सागर आले एमालेको कार्यक्रममा भन्ने समाचारलाई खण्डन गर्दै आलेले फेसबुकमा स्टाटस लेख्दै उक्त तस्विर धेरै अगाडीको भएको र आँफुलाई बोलाएका कारण मात्रै कार्यक्रममा गएको बताएका छन् ।

५ हरफ लामो स्टाटसको अन्त्यमा सागरले भनेका छन् कलाकार कुनै दल, जाति धर्मको नहुने भएकाले कृपया सत्यतथ्य बुझेर मात्र समाचार बनाइदिनुहोला ।

तपाईको प्रतिक्रिया