नेपालगन्ज १२ भदौ । छोटो समयमै यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालगन्जको रेडियो सदभावले मंगलवारदेखि रेडियो कार्यक्रम ‘हाम्रो नेपालगन्ज’ प्रशारण सुरु गर्दैछ । नेपालगन्जको विकास र सम्बृद्धिमा टेवा पु¥याउने उद्देश्यका साथ साप्ताहिक रेडियो पत्रिका ‘हाम्रो नेपालगन्ज’को प्रशारण सुरु गरिएको स्टेशन प्रमुख नवीन गिरीले वताए ।

नेपालगन्जको विकास र सम्बृद्धिका लागि यहाँको सम्भावना, चुनौति र समाधानसहितको उपाय सुझाउने यो कार्यक्रम रेडियोको आप्mनै उत्पादन हो । यो कार्यक्रम रेडियोकै ब्राण्डेड कार्यक्रम हो गिरीले भने–‘सम्बद्धलाई गाली गर्ने भन्दा पनि विकासमा स्थानीयबासीको भूमिका समेत खोज्ने प्रयत्नको नयाँ अभ्यास यो कार्यक्रममा सुरु गरिएको छ ।’

यो कार्यक्रम साताको मंगलबार विहान ७ बजे, पुनःप्रशारण विहीबार विहान ७ र आइतवार बेलुका सवाँ पाँच बजे हुनेछ । मंगलवारको पहिलो अंकमा पर्यटकिय सम्भावना बोकेको नेपालगन्जको वाटरपार्कको सम्भावनालाई केलाउने प्रयत्न गरिएको छ । कार्यक्रमको प्रशारण अवधि ३० मिनेटको छ ।

यसअघि रेडियो सदभावले आप्mनै उत्पादनमा तयार पारेका कृषिमा आधारित कार्यक्रम ‘खेतीपाती’ र आर्थिक बिषयमा केन्द्रीत ‘अर्थबजार’ रेडियो पत्रिका लोकप्रिय बनेका छन् ।

तपाईको प्रतिक्रिया