एजेन्सी, बलिउडको चर्चित रियल जोडी अजय देवगण र काजोल ७ वर्षपछि एक फिल्ममा साथ देखिने भएका छन् ।खबर अनुसार यो जोडी ७ वर्ष पछि पुनः यो जोडी प्रदीप सरकारको फिल्ममा एक साथ देखिन लागेको बताइएको छ ।

पछिल्लो पटक अभिनय गरेको फिल्म ‘टूनपुरका सुपरहिरो’ फ्लप भएपछि यो जोडी सँगै एकै फिल्ममा देखिएका थिएनन् । दुई सन्तानका माता-पिता रहेका यि दुई खेल्ने फिल्मको नाम भने अझै फाइनल भइनसकेको बताइएको छ ।

यो जोडीले ९० को दशकमा बलिउडमा इश्क, दिल क्या करे, गुण्डाराजा जस्तो सफल फिल्ममा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया