नेपालगन्ज – सरकारले घोषणा गरेपनि बाँकेका बाढि पिडितले हालसम्म पुर्ण राहत पाएका छैनन ।राहतको प्रतिक्षामा बसेकाहरु चिउरा र दालमोटको भरमा दिन कटाउन बाध्य छन । पुर्ण राहतको प्रतिक्षामा रहेकाहरुले सरकारले कहिले आफ्नो पिडा बुझीदेला भनेर पर्खिरहेका छन ।

बाढीपिडितको एकिन तथ्याङ्क अझै पनि आउन सकेको छैन् । बाढीले पुगाएको नोक्सानिले उनिहरुको जिवन कष्टकर बन्दै गएको छ । बाढी गएको दुईसाता वितिसक्दा समेत प्रभावितहरुको एकिन तथ्याङ्क नआउँदा उनीहरुले पाउनु पर्ने एकमुष्ट राहत पाउन सकेका छैनन् ।

एकमुष्ठ राहत नपाउदा पिडितहरु छटपटाएका छन । सरकारले बाढीपीडितका लागि भनेर एकहप्ता अघि नै प्रतिदिन पर व्यक्ति ७० रुपैयाँका दरले एक महिनाका लागि २ हजार १ सय रुपैयाँ एकमुष्ट राहत दिने निर्णय गरेको थियो । सरकारको निर्णयले तत्काल काम गर्न असम्भव देखिएको भएपनि यतिका दिन वितिसक्दा समेत समसया जस्ताको त्यस्तै छ । बाँकेका बाढीपीडितहरुले भने चाउचाउ, चिउरा, नुन र पानीमा चित्त बुझाउन परेको छ । चाउचाउ चिउराले आफ्नो साझ विहानको चारो टरेपनि सिमित चिउरा र चाउचाउले कति दिन सम्म पुग्ने भन्नेमा चिन्ता व्यक्त गर्न थालिसकेका छन ।

गैर सरकारी संघसंस्थाहरुले दिएको खाद्यान्न बाहेक सरकारी तहबाट पाउने राहत उनीहरुले हालसम्म पाउन नसकेको गुनासो पिडितले सुनाएका छन् । जिल्ला दैवि प्रकोप उद्दार समितिले भने तथ्याङ्क सङ्कलनको काम सकिए लगत्तै राहत वितरणलाई तीब्रता दिइने समितिका सूचना व्यवस्थापक अधिकृत गौरीलाल बुढाथोकीले वताए । बुढाथोकिका अनुसार, नरैनापुर गाउँपालिकाको नरैनापुर र मटेहियाबाहेक अन्य सबै ठाउँको विवरण आइसकेकाले अवको दुई तीन दिन भित्रमै बाढीप्रभावितको एकिन तथ्याङ्क आइसक्ने छ ।

तपाईको प्रतिक्रिया