काठमाडौं- दुगड ग्रुपको फ्रुटी गोदाममा अपराध अनुसन्धान महाशाखाले छापा मारेको छ ।

महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन टोलीले आज गोदाममा छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको बताइएको छ ।

दुगड फुड्सको गोदाममा गत वर्ष पनि छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।

तपाईको प्रतिक्रिया