एजेन्सी-  बाबा गुरमित राम रहीम आज भएको सुनुवाइमा अदालतमै रोएका छन् । सुनुवाइको क्रममा दुई हात जोडेर बसेका बाबा त्यत्तिकैमा रुन थालेको बताइउको छ ।

सिबिआइ विशेष अदालतले रोहतक जेलमै सुनुवाइ गरेर बाबाविरुद्ध १० वर्ष काराबासको सजाय सुनाएको छ । जेलमा बाबाको सुनुवाइमा ८ जनामात्र उपस्थित थिए ।

सुनुवाइमा अभियोग पक्षले बाबाविरुद्ध कडाभन्दा कडा सजायको माग गरेको थियो । बाबाका वकिलहरुले बाबाले सामाजिक कामहरु गरेको र उनी समाजसेवी भएको भन्दै सजाय कम गर्न माग गरेका थिए ।

तपाईको प्रतिक्रिया