काठमाडौँ – छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको उक्त गीतको संगीत किरण कँडेलको रहेको छ भने उत्तम संजेलको शब्द रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन रहेको भिडियोमा अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङको नृत्य यो भिडियोमा हेर्न पाइनेछ ।

चलचित्रमा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्म असोज ११ गतेबाट रिलिज हुदैछ ।

तपाईको प्रतिक्रिया