काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै यसमा कसैसँग सम्झौता नभएको र हुन पनि नसक्ने बताएका छन् ।

करिब एकसाता भारत भ्रमण सकेर स्वदेश फर्किए लगत्तै संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान संसोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने बताए ।

उनले भने नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउदै आएका छिमेकी मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नुलाई किर्माथ गलत तरिकाले परिभाषित गर्नु गलत हो तर हाम्रो संविधान कार्यान्वयनका विषयमा कुनै पनि छिमेकीको हस्तक्षेप स्वीकार्य हुने छैन । त्यो स्विकार्य पनि छैन ।

तपाईको प्रतिक्रिया