विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा पनि आफ्नो पार्टीले चुनावी तालमेलको ढोका खुला राखेको र पहिलो प्राथमिकता मधेशवादी शक्तिसँगको तालमेलको हरेको रहस्य खोलेका छन् ।

सोमबार एकाबिहानै विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने संघीय गणतन्त्रवादी शक्तिहरु जोसँग पनि तालमेलको नीति लिइएको र मधेशवादी दलसँगको तालमेल प्राथामिकतामा राखिएको उनले जिकिर गरे ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेससँग अघिपछि लागेका प्रचण्डले राजपादेखि संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायतका शक्तिसँग तालमेल प्राथामिकता राखेको बताए । देउवाले भारतमा संविधान संसोधनका विषयमा अनावश्वक टिप्पणी गरेकोप्रति देउवाले असन्तुष्टी जनाए ।

तपाईको प्रतिक्रिया