काठमाडौं । पारिवारिक टेलिश्रृखला ‘परिचय’ मार्फत जिवन्त अभिनय प्रस्तुत गरेर चर्चामा आएकी कलाकार हुन् सरिता लामिछाने । लामो समय चर्चाको शिखरमा रहेको यो शृखला कारणवश बन्द भएपछि सरिता पनि हराइन् ।

तस्विर : सरिताको फेसबुकबाट

एक दशक अघि दर्शकले निकै रुचाएको ‘परिचय’ नामक कार्यक्रम मार्फत नै सरिता पुन अभिनयमा फर्किएकी छिन् । परिचय श्रृखला आइतबारबाट प्रसारणमा आएको छ । श्रृखलालाई एस्प्रो मिडियाले नेपाल टेलिभिजनबाट प्रसारणमा ल्याएको हो ।

श्रृखलामा अभिनेत्री सरिता लामिछाने नै मुख्य भूमिकामा देखिएकी छिन् भने सरोज खनाल, निर शाह, कविता शर्मा, वर्षा राउत, सुनिल कटुवाल, आर पी पन्त लगायतको अभिनय रहेको छ । श्रृखलाको कथा, विषयवस्तु उस्तै भएपनि नयाँ शैलीमा प्रशारण हुने निर्माण यूनिटले जनाएको छ ।

तपाईको प्रतिक्रिया