एजेन्सी । अजय देवगन यतिबेला आफ्नो नयाँ फिल्म बादशाहोको प्रमोशनमा ब्यस्त छन् । फिल्मको प्रचारप्रसारमा एकदम ब्यस्त रहेका अजय प्रचार प्रसारका लागी चर्चित कमेडियन कपिल शर्माको शोमा कपिलले बोलाएकै समय भन्दा पहिले पुगेपनि कपिल अनुपस्थित हुँदा अजय रिसाएर सेटबाट नै फर्किन बाध्य भउका छन् ।

अजय आफ्नो नयाँ फिल्मको प्रचारका लागी भन्दै नायिका इलियाना डिक्रुज, नायक इमरान, लगायतको टोली नै पुगेर सेटमा पुगेपछि लामो समयको प्रतिक्षा गर्दा पनि कपिल नआएपछि चलचित्रको यूनिट रिसाएर फर्किन बाध्य भएको बताइएको छ ।

सेटमा बसेको अवस्थामा पनि अजय र उनको टिमले कपिललाई धेरै समय फोन गर्दा पनि उनलाई सम्पर्क हुन सकेन । अजय सेटबाट फर्किएपछि बल्ल थाहा भयो कपिल बिरामी भएर अस्पताल भर्ना भएका रहेछन् । पछिल्लो समय स्वास्थको समस्याका कारण कपिलले धेरै कलाकारहरुबाट साथ भन्दा पनि गाली खाइरहनुपरेको छ ।

तपाईको प्रतिक्रिया