भीमदत्तनगर, १२ भदौ । कञ्चनपुर पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाले घर नजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको छ । नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको पनि प्रहरीले जनाएको छ ।

‘घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान शुरु गरेका छौं,’ प्रहरी निरीक्षक टमटाले भन्नुभयो– “शवको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अनुसन्धान थप सहज हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया