एजेन्सी – काजोलकी बहिनी मालभिका राजले बलिउडमा ड्यबु गर्ने भएकी छिन् । उनी साच्चिकै की बैनी नभएर कभि खुशी कभि गम’मा काजोलकी वहिनी र बाल्यकालको करीना बनेर चर्चा कमाएकी मालभिकाले सीरियल किसर इमरान हाशमीसँग ‘क्याप्टेन नवाब’ चलचित्रमा अभिनय गर्ने तयारीमा रहेको बताइन्छ ।

खबर अनुसार मालविका, इमरानको प्रेमिका बन्ने चलचित्रको निर्देशन टोनी डिसूजाले गर्ने बताइएको छ ।

मालविकाले सो चलचित्रलाई लिएर निकै उत्साहित रहेको र यसको लागि म उर्दू र पन्जाबी भाषाको तालिम लिइरहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया