एजेन्सी । ड्रिंग्स, धेरै कम्प्यूटर गेम खेल्नु तथा हस्तमैथुनले युवा दिन उमेरमा नै कमजोर हुने भन्दै चिनियाँ सेनाले जवान भर्तीमा यि कुराहरुमा प्रतिबन्ध नै लगाएको छ । सेनामा भर्ती हुन चाहने युवा फेल नहुन् भन्नका लागि भन्दै सेनाले करिब १ दर्जन टिप्स सार्वजनिक गरेको छ ।

पिपुल्स लिबरेशन आर्मीले मोबाइल धेरै नचलाउन, रक्सी तथा अन्य ड्रिंगस नखान, टाटु नबनाउँन सफा पानी पिउन, आनुवंशिक परिस्थितिमा राम्रो उपचार गराउन, सफाइमा विशेष ध्यान दिन सेनामा भर्ती हुन चाहानेहरुका लागी आग्रह सहितको सुझाव दिएको छ ।

त्यस्तै पिपुल्स लिबरेशन आर्मीले कम्प्युटर, टिभी मोबाइल लगायतका मनोरञ्जनात्मक साधनमा धेरै नचलाउन र समय नबिताउन समेत सुझाएको छ । त्यस्तै उसले एक्सरसाइज धेरै गर्न, सुताइको समयमा ख्याल गर्न ,टाटु नबनाउँन, लगायतका विषयमा सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया