काठमाडौं- महानायक राजेश हमाल राहत सामग्री लिएर तराईका बाढी र डुबान पीडितमाँझ मलम लगाउन पुगेका छन् । राहत बाड्दै बाड्दै उनी आज सर्लाही पुगेका छन् ।

त्यहा हमाललाई देखेपछि बाडीपिडीतको खुसिको सीमा रहेन् ।उनबाट राहत लिनभन्दा पनि उनलाई हेर्न बालबालिकादेखि वृद्धासम्मको बाक्लो भीड लागेको थियो ।

सर्लाहीको कौडेना र शिवनगरमामा राहत वितरण गरेका हमाललाई राहत पाएका वृद्धहरुले मनभरीको आशिष दिँदै प्रशंसा गरेका छन् । यस अघि बाडी पिडीतलाई राहत बाड्न गायक प्रमोद खरेल देखी नायिका पुजा शर्मा र निर्देशक सुर्दशा थापा पनि तराई पुगेका थिए ।

तपाईको प्रतिक्रिया