काठमाडौं, ११ भदौ । नेपाल प्रहरीका डिआइजी पुष्कर कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को कमाण्ड सम्हालेका छन् ।

केही दिन अगाडि डिआइजीमा बढुवा भएका कार्कीलाई पदस्थापना गर्ने क्रममा सिआइबीको जिम्मेवारी दिइएको बताइएको छ ।एसएसपी रहेका बेला काठमाडौं अपराध महाशाखाको प्रमुख रहेका बेला कथित ‘डन’ चरी अर्थात दिनेश अधिकारीलाई इन्काउन्टर गरेर चर्चामा आएका कार्की प्रहरी निरीक्षकमा २०४६ साल माघ महिनामा प्रहरी सेवा प्रवेश गरेका थिए ।

यसअघि सिआइबीको जिम्मेवारी डिआइजी नवराज सिलवालले सम्हाल्दै आएका थिए । आइजीपी बढुवा प्रकरणका कारण सिलवाल विदामा बसेपछि सो सिआइबीको प्रमुख खाली थियो । सिलवाललाई राष्ट्रिय सुरक्षा परिषदमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया