खगेन्द्र दाहाल, नेपालगन्ज ११ भदौ । पाँच महिने छोरीलाई लिएर पशुपक्षि विकास राज्यमन्त्रि गोमा कुवँर आइतबार बाँकेको कोहलपुर नगरपालिका र बैजानाथ गाउपालिकामा व्यवसायिक पशुपक्षि पालक किसानका कुरा सुन्नलाई फिण्डमै पुगिन । छोरीलाई काखका राखेरै भएपनि उनले किसानका कुरा सुन्नतिर लागीन ।

किसानसगं एकै छिनमा सहजै घुलमिल गरेकि मन्त्रि कुवरले दिनैभरी छोरी स्याहार सगै पशुपक्षि पालक किसानका दुखेसो सुन्दै भएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाइन । पशुपक्षि राज्य मन्त्रिलाई आफ्नो घर आगनमा देख्न पाउदा हर्सित भएका किसानहरुले स्थानिय निकायमा आएको बजेटलाई पशुपक्षि विकासमा कम छुट्टाएको प्रति गुनासो सुनाए ।

पशुपन्छी विकास राज्यमन्त्रि कुवँरले स्थानीय निकायमा पशुपन्छीका लागि विनियोजित बजेट पशुपन्छी पालक किसानकै लागि खर्चिन सम्बन्धीत निकायलाई आग्रह समेत गरेीन । बाँकेका पशुपन्छी पालक किसानहरुले स्थानिय तहमा पशुपन्छीका लागि विनियोजित बजेट अन्य शीर्षकमा खर्चिन लागिएको गुनासो सुनाएपछि राज्यमन्त्री कुवँरले निर्देशिका विपरित नजान जनप्रतिनिधिहरुलाई सुझाव दिएकि हुन ।

राज्यमन्त्री कुवँरले आइतबार बाँकेका चिसापानी गाभरमा रहेको रारा राधा रानि घाँसेबालि समुह, गोमा भैसी पालन समुह, सारदा सिर्जन सिल गाई पालन फार्म, होम स्टे सन्चालकले पालेका लोकल कुखुरापालक किसान र सृजना सहकारी सस्थाका सदस्यहरुसँग भेटघाट गररीसकेपछि बोल्दै किसानलाई अन्याय हुन नदिने बताएकि हुन । त्यहाँ रहेका विभिन्न फर्महरुको अवलोकन समेत गर्नुभएका राज्यमन्त्री कुवँरले सरकारले किसानका लागि एक वडा एक कृषि सहकारीको अवधारणा ल्याउन लागेको समेत जनाएकी छन । किसानसगं भेटघाट गर्दै गर्दा किसानलाई सहलियतदरमा ऋणको अभाव रहेको, पशु पालनलाई व्यवसायिकता दिन नसकिएको भन्दै समस्या समाधान गरीदिन आग्रह गरेका थिए ।

सहकारीद्घारा संचालित कृषि तथा पशु उद्योगलार्य कर छुट गरीदिन समेत आग्रह गरेका छन । पशुपक्षि विमामा सत प्रतिशत अनुदानको व्यवस्था सरकारलेनै गर्न पर्ने माग समेत गरेका थिए । सृजना सहकारीमा उपस्थीत किसानहरुले दुग्ध उत्पादनको बजारीकरणमा राज्यको तर्फबाट लगानी बढाउनु पर्ने तर्फ ध्यान दिन राज्य मन्त्रिलाई ध्यानाकार्षण गराएका थिए । राज्य मन्त्रि सगै जिल्ल पशुसेवा कार्यलय बाँकेका प्रमुख डा. बेद बहादुर केसी, घासेबाली विउ वृद्धी फार्म गौघाटका फार्म प्रवन्धक ऋषिराम कोइराला, माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्णा केसी नमुना लगाएतले किसानले गरेको कामको अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया