काठमाडौँ- बहुआयामिक व्यक्तित्वका धनि निर्देशक तथा कलाकार निश्चल बस्नेत हिजो आज प्रायः झुस्स दाह्री जुङ्गामा देखिन्छन् । धेरैले उनको जुङ्गा दाह्रीको बारेमा रमाइलो किस्सा थाहा नहुन सक्छ । उनको निर्माण तथा अभिनय रहेको सिनेमा दुई रुपैया भदौ २३ गते बाट प्रदर्शनमा आउनै लाग्दा निश्चलले आफ्नो जुङ्गा दाह्रीको विषयमा रमाइलो किस्सा खुलाएका छन् ।

खासमा उनी किशोर अवस्थामा आइसक्दा पनि अपेक्षा गरे अनुसार जुङ्गा दाह्री नआए पछि उनी तनावमा आएका थिए । उनलाई साथी भाईले पनि सोही कुरामा जिस्काउन थालेका थिए । जुङ्गा दाह्रीको रहर गरे पनि नआए पछि एक जना साथीको सल्लाह अनुसार निश्चलले अनेक काम गरेका थिए ।

उनी भन्छन् – मेरो दाह्री जुङ्गा नआएपछि मलाई साथीले भने अनुसार नाम थाहा नभएको एउटा ठुस्स गन्हाउने रातो तेल लगाएँ । त्यो पनि पुरै जुङ्गा दाह्रीको आकारमा रातो धर्सो देखिने गरी लगाएर खुब हिडियो । (लामो हाँसो ) । पछि पछि आउन थालेपछि त किन काट्थ्यो र भन्ने जस्तो नि भयो । अचेल चाही जुङ्गा दाह्री किन लामो पाल्नुभएको ? हाम्रो प्रश्नमा निश्चल थप्छन् अब त श्रीमती स्वस्तिमाले नै काट्न दिन्नन् ।
निश्चलले आफ्नो बाल्यकालको बदमासी देखि विवाहपूर्वको प्रेम सम्बन्धको बारेमा पनि खुलेरै आफ्नो अनुभव खोलेका छन् । हेर्नुहोस् खुशीका रंगहरुमा निश्चलसंग प्रभात लामाले गरेको कुराकानी

 

तपाईको प्रतिक्रिया