काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

एक अन्तरवार्ताका क्रममा नेता खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा बामदेब प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

दशै लगत्तै सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै नेता खनालले अबको प्रधानमन्त्री बामदेव गौतम हुने बताएका हुन् ।

नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, नेपाल भारत सम्बन्ध लगायतका विषयमा कार्यक्रममा खुलेर कुरा गरेका छन् ।

तपाईको प्रतिक्रिया