एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले उत्तर प्रदेश डुबानमा पर्नुमा नेपाल जिम्मेवार भएको आरोप लगाएका छन् ।

बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा रहेका नेता योगीले नेपालका नदीबाट पानीको बहाव बढी आएका कारण आफ्नो राज्य डुबानमा परेको भन्दै नेपाललाई दोष लगाएर पन्छिने चेष्टा गरे ।

नेपालप्रति निकै रुष्ट देखिएका ति अबुज मन्त्रीले भने यो स्थिति नेपालका नदीहरुबाट ठूलो मात्रामा पानी छाँडिदा भएको हो ।

उनले बाढीको समस्यालाई स्थायीरुपमा हल गर्न एउटा कार्ययोजना आवश्यक रहेको बताए । राज्यका बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा उनले भने, ‘प्राकृतिक प्रकोपबाट हजारौँ प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया