एजेन्सी- बलिउड बादशाह शाहरुख खान र करिना कपुरबिच बोलचाल छैन् । भारतिय मिडियाका अनुसार शाहरुख खानले केही समय अघि करिनासँगै अभिनय नगर्ने बताएका कारण करिना शाहरुखसँग रिसाएको र त्यसपछि बोलचाल नै बन्द भएको बताइन्छ ।

शाहरुख खानकी श्रीमती गौरी खान इन्टिरियर डिजाइनर हुन् । उनले केही दिन अघि मुम्बईमा एक नयाँ स्टोर सुरु गरेकी छन् ।

उक्त पार्टीमा करिना शाहरुख खानसँग बोलचाल नभएका कारण नगएको बताइन्छ । तर कार्यक्रममा करिनाकी दिदी करिष्मा भने उपस्थित थिइन् । बलिउडमा शाहरुख र करिनाले धेरै फिल्ममा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया