एजेन्सी। हिजो शनिबार बलिउड स्टार सलमान खानकी बहिनी अर्पिताको घरमा गणेश विसर्जनको कार्यक्रम थियो । गणेश विसर्जनको कार्यक्रममा स्टार कलाकारहरुको सहभागीता भए पनि स्वय अर्पिताका दाजु असलमान खान भने अनुपस्थित भएका कारण सबैले मुखामुख गरेका थिए ।

सामान्य भन्दा सामान्य कामका अवसरमा समेत अर्पिताको घरमा गइरहने सहमान विशेष उत्सबका अवसरमा अनुपस्थित हुनुको कारण थियो टाइगर जिन्दा है को सुटिङ ।


टाइगर जिन्दा है को सुटिङको क्रममा दुबईमा रहेका कारण उनी बहिनीको घरमा भएको शुभकार्यमा सहभागी हुन सकेनन् । सलमान उपस्थित हुन नसकेको उक्त अवसरमा सलमानका पारिवारिक सदस्यहरुको भने बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया