काठमाडौं । यू १९ एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मलेसियामा आउँदो सेप्टेम्बरमा हुने एसियाली क्रिकेट का लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीमा परेका खेलाडीको बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरेको हो ।

आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय अन्तिम टोली घोषणा भएको हो । खेल आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुँदैछ भने त्यसका लागी नेपाली खेलाडीहरु सेप्टेम्बर ८ मा मलेसिया जाने भएका छन् ।

टोलीमा परेका खेलाडीहरु यसप्रकार छन् १) दिपेन्द्रसिंह ऐरी (कप्तान) २) सन्दिप लामिछाने ३) मोहम्मद असिफ शेख ४) सन्दिप सुनार ५) प्रनित थापा मगर ६) पवन सराफ ७) अनिलकुमार साह ८) रोहितकुमार पौडेल ९) किशोर महतो १०) शाहब आलम ११) नन्दन यादव १२) बिक्रमकुमार भुषाल १३) सन्दिप जोरा १४) सुमित महर्जन

वैकल्पिक खेलाडी १) कमल सिंह ऐरी२) ललित नारायण राजवंशी३) प्रकाश केसी४) रिजन ढकाल

तपाईको प्रतिक्रिया